उदयपुरमा एक महिलाको करेन्ट लागेर मृत्युु

उदयपुर । उदयपुरको कटारी नगरपालिका ८ मङ्गलबार दिउँसो करेन्ट लागेर एकमहिलाको घटनास्थलमै जलेर मृत्यु भएको छ ।
घाँस काटेर आउँदै गरेको अवस्थामा कटारी ८ टोड्केपानी चौधकिलो खरबारीमा ६९ वर्षिय गंगामाया खत्रीको जलेर मृत्यु भएको पूर्ववडाध्यक्ष कमल श्रेष्ठले बताए ।
उनका अनुसार घाँसबोकेर आउँदै गर्दा ११ हजार भोल्टको करेन्ट लागेर महिलाको कम्मरमुनी र टाउको जलेर खरानी भएको थियो ।
हावाले तार झरेर पोलमा करेन्ट लागेको हुन सक्ने श्रेष्ठले बताए । ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी मानबहादुर राईले घटनाको पुष्टि गर्दै प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरेको जानकारी दिए ।
स्थानीयले विद्युत प्राधिकरणको प्रमुख आएर प्रतिवद्धता जनाएपछी मात्रै शव उठाउने भन्दै शव उठाएका छैनन् । नेपाल विद्युत प्राधिकरण कटारी शाखाका प्रमुख सन्तोष कार्कीले टोली घटनास्थलमा हिनेको जानकारी गराउँदै ५ लाख क्षतिपूर्ति दिने व्यवस्था रहेको बताए ।
