मतदान लगत्तै बृद्धको मृत्यु
मतदान लगत्तै बृद्धको मृत्यु
दार्चुलामा एक जना बृद्धको मृत्यु भएको छ ।
महाकाली नगरपालिका ४ का ७८ वर्षीय पदमसिह बुढाथोकीको मृत्यु भएको हो ।
सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका वडा नम्बर ४ को महेन्द्र नमूना मतदान केन्द्रमा मतदान गरेर फर्किने बेला बुढाथोकीको मृत्यु भएको नेकपा एमालेका नेता ज्ञानेन्द्र घर्तीले जानकारी दिए ।