कावासोती भोट हालेर घर नपुग्दै ८३ बर्षीय नागरिकको निधन




अर्जुन अविरल (
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १७ सरस्वती मावि गोछडा केन्द्रमा मतदान गरेर घर नपुग्दै एक जना ८३ बर्षिय जेष्ठ नागरिकको निधन भएको छ ।

 

कावासोती १७ निवासी ८३ बर्षीइ ईश्वरी प्रसाद गौतम मत हालेर घर नपुग्दै निधन भएको स्थानीयले जनाएका छन् ।

 




गौतम केही समय अघिदेखि बिरामी अवस्थामा थिए । मतदान केन्द्रबाट ५ सय मिटर नजिकै घर भएपनि बिरामी बोक्ने गाडीबाट उनलाई मतदान केन्द्र लगिएको थियो ।

 

मतदान गरिसकेपछि गाडीबाट नै उनलाई घरतर्फ लगिएको थियो तर, घर पनि नपुग्दै उनको निधन भएको हो ।

 

कावासोती १७ बरौलीटार निवासी गौतमको १ छोरा र ३ छोरी रहेका छन् ।



सम्बन्धित
Loading...