मतदान गराएर फर्किंदै गरेका सहायक मतदान अधिकृतको दुर्घटनामा मृ-त्यु



सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

 



वीरेन्द्रनगर–८ औद्योगिक क्षेत्र नजिक शुक्रबार साँझ कर्णाली प्रदेश ०२-००१ ब ००११ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा ४५ वर्षीय हृदय ढकालको मृत्यु भएको हो।

उनी वीरेन्द्रनगर नगरपालिकाकाको राजस्व उपशाखामा कार्यरत छैठौं अधिकृत हुन्।




उनी वीरेन्द्रनगर–३ हरिडिलभूमि स्कुलमा मतदान केन्द्रमा सहायक मतदान अधिकृतका रुपमा खटिएका थिए।

मतदान सम्पन्न भएपछि घर फर्किने क्रममा उनले चलाएको मोटरसाईकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

 



सम्बन्धित
Loading...