खुकुरी प्रहार गरेको आरोपमा उपमेयर उम्मेदवार पक्राउ


 



खुकुरी प्रहार गरेको आरोपमा दाङको तुलसीपुर उपमहानगरपालिकाका उपमेयर उम्मेदवार पक्राउ परेका छन्। उपमेयर पदका स्वतन्त्र उम्मेदवार सुशील गन्धर्वलाई प्रहरीले पक्राउ गरेको हो ।

 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तुलसीपुर-४ स्थित उम्मेदवार गन्धर्वकै घर नजिकै दुईपक्षबीच झडप भएको हो । खुकुरी प्रहारबाट अन्य चार जना घाइते भएका छन् ।

 




पूजाको बेलामा मदिरा सेवन गरेपछि  विवाद हुँदा झडप भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले बताए । दिउँसो निर्वाचनमा सामान्य विवाद भएको र त्यसैलाई लिएर साँझ झडप भएको हुन सक्ने प्रहरीले बताएको छ ।

 

शुक्रबार दिउँसो मतदान स्थलमा गन्दर्भका छोरा सुमन र केही युवाहरुबीच चुनावी प्रचार प्रसारको विषयलाई लिएर विवाद भएको थियो ।

 

छोरा सुमनलाई ती युवाहरुले पिट्न थालेपछि त्यसको प्रतिकारका लागि गन्धर्व गएका थिए ।  निर्वाचनकै दिन शुक्रबार राति साढे ९ बजेतिर उक्त घटना भएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 



सम्बन्धित
Loading...