म`दिरा सेवन गरि छोराले गरे वृद्ध आमाबुबाको ह`त्या


 



हिमाली जिल्ला ताप्लेजुङको फक्ताङ्लुङ ६ ललेपमा छोराले बिहीबार बेलुका बाबुआमाको ह`त्या गरेका छन् । लेलेपको गोटीछाँगा भन्ने ठाउमा २५ वर्षीय छोरा आइतराज लिम्बुले ७५ वर्षीय बुबा बृखबहादुर र उनकी आमा ७२ वर्षीया फिपरानी लिम्बूको ह`त्या गरेका हुन् ।

 

जिल्ला प्र`हरी कार्याल प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईले आइतराजले धा`रिलो ह`तियार प्रयोग गरि बुबाआमाको ह`त्या गरेको बताए । मादक पदार्थ सेवन गरेर झगडा गरी ह`त्या गरेको बताइएको छ ।

 




प्र`हरी प्रशासनले ह`त्या गर्ने आइतराजलाई प्र`हरी नियन्त्रणमा लिएको छ । उनलाई वास्तविक के हो अनुसन्धान गरी आवश्यक कारबाही गरिने प्रहरीले बताएको छ । श`वलाई पोस्टमार्टमाका लागि ताप्लेजुङ जिल्ला अस्पतालमा ल्याइँदै गरेको प्र`हरीले बताएको छ ।
 



सम्बन्धित
Loading...