कटारी घटना : सर्वदलीय सहमति स्थानीयले मानेनन्, युवकको शव अझै उठेन

उदयपुरको कटारी नगरपालिका–१० स्थित सोरुङ छबिसेमा वैशाख ३० मा स्थानीय तह निर्वाचनको मतदान सकिएपछि झ’डप भयो ।
झडपमा प्रहरीले गो’ली चलाउँदा स्थानिय वीर बहादुर कटुवाल ‘नविन’ले ज्या’न गु’माए।
मतपेटिका संकलन गरेर मतगणना स्थलमा लैजाने बेलामा भएको झडपमा एकजना घा’इते समेत भएका थिए ।
शनिवार प्रमुख जिल्ला अधिकारी र त्यहाँ क्रियाशील सवै दलका प्रतिनिधिहरुको बीचमा शव पोष्टमार्टमका लागि अस्पताल लैजाने र मतपेटिका उठाउने सहमति भएको थियो । तर, सो सहमतिलाई स्थानीयले अस्विकार गरेका छन् ।
आइतबार प्रमुख जिल्ला वीरेन्द्र कुमार यादव र प्रहरी उपरिक्षक सुवास बोहरा घटनास्थलमा गएका छन् । घटनास्थलमा बसेर समस्या सुल्झाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी सन्तोष आचार्यले बताए ।
शनिवार कटारीस्थित नगरपालिकाको केन्द्रमा स्थानीय प्रशासन र राजनितिक दलहरूको बिचमा ‘गोली काण्ड’ छानविन गर्न उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको थियो ।
मृ<तकलाई शहीद घोषण गर्न गृह मन्त्रालयका लेखेर पठाउने सहमती पनि भएको थियो । तर, स्थानीयले सो सहमति अस्वीकार गरेका हुन् । मृ>तक कटुवालको शव अझै उठ्न सकेको छैन । त्यहाँबाट मतपेटिका पनि उठ्न सकेको छैन ।