जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु

दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।
साेमबार बिहान ९:३० बजे शैल्यशिखर नगरपालिका वडा नम्बर ६ ग्वानीमा शे १ ज २७० नम्बरको जीप दुर्घटनामा परेकाे हाे।
जीप सडकबाट पाँच समय मिटर तल खसेको छ।
घटनाबारे विस्तृत जानकारी बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतीक विष्टले जानकारी दिए।
काठमाडौं-३२ को मतगणना स्थगित
काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को मतगणनामा विवाद भएपछि स्थगित भएको छ ।
सोमबार विहान मत गणना भइरहेका बेला नेकपा एमाले र सत्तारुढ दलका प्रतिनिधिबीच विवाद भएपछि मतगणना स्थगित भएको हो ।
दलका प्रतिनिधिबीच केहीबेर चर्काचर्की भएपछि धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।