हार स्वीकारेर घर पुगेका उम्मेदवार ३ मतले विजयी भएपछि…


 



कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ११ को वडाअध्यक्ष दानसिंह जोगी पराजित भए भनेर घर फर्किसकेका थिए । उनी जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवार थिए ।

 

तीब्र प्रतिस्पर्धामा रहेका जोगी आफूले जित्ने माहोल नभएपछि हार स्वीकार्दै घर गएका थिए । पछि फेसबुकबाट विजयी भएको सुचना पाएपछि उनी पुनः मतगणना स्थल गए । उनी नेपाली कांग्रेसका राजकुमार कठरियालाई ३ मतले पछाडि पार्दै जोगी विजयी भएका हुन् । कठरियाले ६७९ मत पाउँदा जिगिले ६७२ मत पाएका थिए ।

 




मतगणना सुरु भएदेखि नै कांग्रेस र जसपाबीच टक्कर थियो । अन्तिम मतपरिणाममा कांग्रेसका उम्मेदवार विजयी भएको अपुष्ट खबर सार्वजनिक भयो । मतगणनामा जोगी पनि सहभागी थिए ।

 

मतगणना सकिँदासम्म कांग्र्रेसका उम्मेदवार विजयी भएको र आफू झिनो मतान्तरले हारेको भन्दै जोगी घर गइसकेका थिए । यता कांग्र्रेसका नेता कार्यकर्ताहरु विजय उत्सब मनाउने तयारी गरिरहेका थिए । तर मतपरिमाण घोषणा हुँदा राजपाका जोगी विजयी भएको निर्वाचन अधिकृत भानदेब जोशीले बताए ।

 

उता पराजित भएको भन्दै घर पुगेका जोगीले सामाजिक संजालबाट आफू निर्वाचित भएको थाहा पाए । ‘म त हारेको भन्दै घर गएको थिएँ । जितेको कुरा फेसबुकबाट थाहा पाएँ’, उत्साहित हुँदै, उनले भने, ‘अचम्म मानेर आएँ ।’ निर्वाचन समितिले घोषणा भएको तथ्यांक मात्रै आधिकारिक हुने बताएको छ ।



सम्बन्धित
Loading...