कालिकोटको सान्नी त्रिवेणी अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी




सुर्खेत । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्र बिरुद्ध बागी उम्मेदवारी दिएका महेश केसी विजयी भएका हुन् ।

केसीले १८२२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रमा डम्बरबहादुर शाहीले १६१८ मत पाएका थिए ।




त्यस्तै, गाउँपालिकामा उपाध्यक्षमा नेकपा एमालेकी पार्वती सिंह विजयी भएकी छन् । उनले १६५३ मत ल्याएर विजयी भएकी हुन् ।



सम्बन्धित
Loading...