देवचुलीमा गठबन्धन पराजित, मेयर उपमेयर दुवै एमालेले जित्यो


 



नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । नगरप्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमाले विजयी भएको हो । तथापि आधिकारिक मत परिणाम भने घोषणा हुन बाँकी छ ।

 

यहाँ यस अघि मेयर काँग्रेस र उपमेयर एमालेले जितेको थियो । यस पटक नवलपुरमा नेपाली काँग्रेसले यो सहित ३ स्थानमा आफ्नो पकड गुमाएको छ । यस अघि प्रमुख÷अध्यक्ष पद जितेको बौदीकाली, हुप्सेकोट, बुलिङ्गटार र देवचुली नगरपालिकाको अन्तिम मत परिणाम आउँदा काँग्रेसले हुप्सेकोट गाउँपालिकामा मात्र आफ्नो विरासत जोगाउन सकेको छ ।

 




देवचुली नगरपालिकामा नगर प्रमुखमा हरि न्यौपाने र उपप्रमुखमा पार्वता तिवारी विजयी भएका हुन् । २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेका हरि न्यौपाने काँग्रेसका पूर्णकुमार श्रेष्ठसँग पराजित भएका थिए भने नगर उपप्रमुखमा एमालेकी पार्वता तिवारी निर्वाचित भएका थिए ।

 

अहिलेको जितसँगै एमालेका हरि न्यौपानेले अघिल्लो पटकको पराजयको काँग्रेससँग बदला लिएका छन् । देवचुलीमा नेपाली काँग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । काँग्रेसबाट नगरप्रमुखमा अशोक वस्ताकोटी र माओवादी केन्द्रबाट नगर उपप्रमुखमा सत्यनारायण भुसालले उम्मेदवारी दिएका थिए ।



सम्बन्धित
Loading...