कुवेतमा ४४ बर्षिय यदु गुरुङको निधन। हार्दिक श्रद्धाञ्जली

कुवेतमा ४४ बर्षिय यदु गुरुङको निधन। हार्दिक श्रद्धाञ्जली
कुवेतमा ४४ बर्षिय गरामणी-९ झापा निवासी यदु गुरुङको उपचारको क्रममा निधन भएको छ। मृतक करिब एक महिना देखि कलेजो क्यान्सर (liver cancer) को उपचाररत थिइन।
उनी कुवेतमा घरेलु कामदारको रुपमा आए पनि आफ्नो स्पोन्सरबाट रिलिज लिएर लेडिज शैलुनमा काम गरिरहेकी थिइन। पछिल्लो पटक एक्कासी पेट दुख्यो भनेर जाहारा स्थित
जाहारा हस्पिटलमा उपचारको लागि पुगेकी गुरुङलाइ लिभर क्यान्सर भएको भन्दै जाहारा हस्पिटलले अमिरी हस्पिटलमा रिफर गरिदिएको थियो। उनको अमिरी हस्पिटलमा उपचारकै क्रममा आज बिहान करिब ४ बजे निधन भएको हस्पिटल स्रोतले जनाएको छ।