छाडा कुकुरको आतङ्क, एकैदिन १० जनालाई टोक्यो !


 



जिल्लाको हरिवन नगरपालिका क्षेत्रमा कुकुर आतङ्क बढेको छ ।

 

शुक्रबार मात्रै हरिवनको ७, ८ र ११ नम्बर वडामा गरेर करिब १० जनालाई छाडा कुकुरले टोकेको छ । त्यसरी टोक्दै हिँड्ने कुकुर बौलाहा हुनसक्ने स्थानीयको आशंका गरेका छन् ।

 




शुक्रबार दिनभरीमा कुकुरले टोकेका ७÷८ जना बिरामी उपचारको लागि हरिवनस्थित नमूना अस्पताल पुगेका छन् । त्यसरी जानेमा केही बालबालिकासमेत रहेको अस्पतालका डाक्टर सन्तोष यादवले बताउनुभयो।

 

‘हिजो एकैदिन कुकुरले टोकेका धेरै बिरामी उपचारको लागि यहाँ आउनुभयो, केही बालबालिकालाई घाँटीभन्दा माथिको भागमा टोकेको पाइयो,’ उहाँले भन्नुभयो, ‘घाँटीभन्दा माथिको भागमा बहुला कुकुरले टोक्यो भने खतरा बढी हुन्छ, त्यस्ता बिरामीलाई उपचारको लागि तुरुन्तै काठमाडौं रिफर गरेका छौं ।’

 

हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकीले कुकुरले टोकेका बिरामीलाई उपचारको व्यवस्था मिलाइने बताउनुभयो ।

 

‘कुकुरले टोकेका पीडितले सम्पर्क गर्नुहोला, हामी उपचारको व्यवस्था मिलाउने छौँ,’ बुढाथोकीले भन्नुभयो, ‘हरिवनमा खिच्चा कुकुर नियन्त्रणको लागि नगरपालिकाले पहल गर्नेछ ।’

 

हरिवन–८ का केही किसानका खसी, बाख्रा र कुखुरा पनि छाडा कुकुरले टोकेर मारेको छ । समूहमा हिँड्ने त्यस्ता कुकुरले पशुचौपायालाई बाँधेकै ठाउँमा गएर आक्रमण गर्ने गरेको किसानहरूले बताएका छन् ।

 

 



सम्बन्धित
Loading...