हरिजनको मृ`त्युबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन
![]()
गृह मन्त्रालयले रोल्पा कारागारमा झुन्डिएर आत्महत्या गरिएको भनिएका बन्दी सुन्दर हरिजनको मृत्युबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ ।
कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापगाईंको संयोजक्तवमा समिति गठन गरेको हो । समितिलाई घट्ना सम्बन्धमा स्थलगत रूपमा समेत अध्ययन अनुसन्धान गरी १० दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।
सम्बन्धित समाचारहरु
- प्रहरीले नै ह`त्या गरे कैदीको,प्रहरी मुचुल्कामा अर्कै नाम मृ`त्यु हुनेको अर्कै नाम
- दोलखामा शंकास्पद अवस्थामा मृत भेटिएका वडाअध्यक्ष उम्मेद्वारका छोराको ह`त्यारा आ`शंकामा दुई प`क्राउ
गृह मन्त्रालयले समितिको प्रतिवेदन प्राप्त भएपछि घटनाबारे सत्यतथ्य उजागर हुने जनाएको छ । मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भविष्यमा यस्ता घटना हुन नदिन सुधारका उपाय अवलम्बन गरिने पनि बताए ।
शनिबार कान्तिपुरले एउटा व्यक्तिले गरेको कसुरमा हरिजनलाई कारागार चलान गरिएको सम्बन्धी विस्तृत समाचार प्रकाशित गरेको थियो ।
