कावासाेती: भूमाफियाले आफ्नो भनी दावी गरेको जग्गा सरकारी भएको पुष्टि




नवलपुर । पूर्वी नवलपरासीको कावासोती ९ र १४ को सिमानामा रहेको कित्ता नं. १ को जग्गा सरकारी जग्गा भएको पुष्टि भएको छ ।

 

कावासोती ९ र १४ को सिमानामा पर्ने कित्ता नं. १ को ४–३–१४ धुर जग्गा सरकारी भएको पाइएको हो ।




कावासोती नगरपालिकाले गठन गरेको छानविन समितिले बुझाएको प्रतिवेदन अनुसार उक्त जग्गा विभिन्न व्यक्तिहरुले लेनदेन गरेको किनबेच गरेको र आफ्नो भनेर दावी गरेको पाइए पनि उक्त जग्गा नेपाल सरकारको स्वामित्वमा रहेको पाइएको उल्लेख छ ।

 

कावासोती ५ का पूर्व वडाध्यक्ष हरि बास्तोला लगायतको छानविन समितिले कावासोती नगरपालिकामा बुझाएको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो । उक्त जग्गा २०६६ जेठ १५ गते सरकारको नाममा दर्ता कायम भएको प्रतिवेदनमा उल्लेख छ ।

 

कावासोती ९ का बासिन्दाले उक्त जग्गा सार्वजनिक जग्गा भएको भन्दै संरक्षण गर्दै आएको थियो भने केही स्थानीयले उक्त जग्गा आफूले पहिला चर्चेको र अहिले पनि आफ्नो भएको दावी गर्दै किनबेच गरेका थिए ।

 

पूर्वी नवलपरासीको कावासोतीमा रहको ९० विगाहा सरकारी जग्गा मध्ये केही जग्गा अतिक्रमण गरि ब्यक्तिका नाममा दर्ता प्रयास गरेका थिए । दर्ता प्रयासको घटना दाउन्ने साप्ताहिक र दाउन्ने न्यूजमा पटक पटक प्रकाशित भएपछि कावासोती नगरपालिकाले छानविन समिति नै गराएको थियो ।

 

अतिक्रमण गरि ब्याक्तिका नाममा गरिएको हो वा होइन सो सम्वन्धि जाँचबुझका लागिका वासोतीनगरपालिकाले बनाएको छाविन समितिले छानविन गरि प्रतिवेदन बुझाएको छ ।
केरुङ्गे खोलाले बगाएर बगरमा परिणत भएको जग्गालाई विभिन्न ब्यक्तिका नाममा अतिक्रमण हुन थालेपछि नगरपालिकाले वडा नम्वर ५ का वडाध्यक्ष हरि प्रसाद बास्तोलाको संयोजकत्वमा सो छानविन समिति गठन गरेर प्रतिवेदन पेश गर्न भनेको हो ।

 

गत माघ २४ को कावासोतीनगरपालिकाको कार्यपालिका वैठकले हरि वास्तोलाको अध्यक्षतामा ७ सदस्यीय छानविन समिति बनाउने निर्णय गरेको थियो भने माघ २५ गतेको दशौं नगर सभाले छानविन समितिलाई अनुमोदन समेत गरेको थियो । समितिले छानविन गरि विभिन्न ९ बुँदामा प्रतिवेदन पेश गरेको छ ।

 

जग्गा संरक्षणमा स्थानीय

कुनै बेला खोलाले बगर बनाएको र अहिले बगरबाट विस्तारै चौरमा परिणत हुँदै गरेको ४–३–१४ जग्गा अहिले कावासोती ९ का बासिन्दाले टंक लुइटेलको संयोजकत्वमा जग्गा संरक्षण समिति बनाएर संरक्षण शुरु गरेको छ ।
समितिमा उपाध्यक्ष राजकुमार रिमाल, सचिव प. विष्णुप्रसाद पोख्रेल, सदस्यहरुमा झलक शर्मा, सल्लाहाकार समितिका संयोजकमा भुपनारायण न्यौपाने, सदस्यमा बाबुराम केसी, दिपक पौडेल रहेका छन् ।
समितिले उक्त क्षेत्रमा मन्दिर निर्माण र खाली चौरमा अहिले मकै छरेर संरक्षण गरेको छ ।

 

प्रतिवेदनको विस्तृत विवरण

 

याे पनि पढ्नुहाेस् … … 

 

कावासोतीको ९० विगाहा जग्गामा हडप्न भूमिया सक्रिय, नगरपालिकाले बनायो छानविन समिति

भू–माफियाले कब्जा गर्न खोजेको जग्गा सरकारी !

कावासोतीमा शिवालयम मन्दिर शिलान्यास

 



सम्बन्धित
Loading...