आगामी आर्थिक बर्ष बुटवल नारायणगढ सडक खण्ड विस्तार गरिसक्ने




नवलपुर । आगामी आर्थिक बर्ष भित्र बुटवल नारायणगढ सडक खण्ड चार लेन विस्तार कार्य सम्पन्न हुने भएको छ ।

 

आज अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको बजेटमा आगामी आर्थिक बर्ष भित्र बुटवल नारायणगढ सडक खण्ड विस्तार कार्य सकिने जनाएका हुन् ।

 




चाइना स्टेट कम्पनीले यसै बर्ष भित्र सक्ने गरी सडक निर्माणको ठेक्का लिएको भए पनि काम सकिने बेलासम्म एक चौथाई काम पनि सकेको छैन ।

 

अर्थमन्त्री शर्माले यस बर्ष ८ सय किलो सडक विस्तार गर्ने गरिने समेत जनाए ।

 

त्यसैगरी पूर्वपश्चिम राजमार्ग विस्तकारका लागि २० अर्ब ५० करोड विनियोजन गरिएको समेत बजेटमा उल्लेख गरिएको छ ।



सम्बन्धित
Loading...