ओली राप्रपामा प्रवेश, राजेन्द्र लिङ्देनले गरे स्वागत

मोडल तथा कलाकार खुश्बु ओली राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी छिन् ।
आइतबार आयोजना गरिएको एक कार्यक्रमका बीच ओली राप्रपा प्रवेश गरेकी हुन् । केन्द्रीय प्रचार विभागका प्रमुख एवम् राप्रपा प्रवक्ता मोहन श्रेष्ठले यसबारेमा जानकारी दिए ।
राप्रपाको स्थापना दिवसको अवसरमा उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सदस्यता प्रदान गर्दै उनलाई स्वागत गरे । साथै कार्यक्रममा उनलाई पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनीले पनि स्वागत गरेका थिए ।
गणतन्त्र दिवसको दिन मनायो राप्रपाले पार्टी स्थापना दिवस
नवलपुर । राप्रपा नवलपुरले आज कावासोतीमा पार्टीको २३ औं पार्टी स्थापना दिवस मनाएको छ ।
राप्रपा नवलपुरका अध्यक्ष विष्णु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सविच गुनाखर काफ्लेको सञ्चालनमा भएको थियो ।
कार्यक्रममा राप्रपाबाट निर्वाचित नवलपुरका जनप्रतिनिधिहरुलाई सम्मान समेत गरिएको थियो ।
राप्रपाले नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा प्यानलै जितेको छ भने गैडाकोटमा दुई वटा वडा सदस्य जितेको छ ।
कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य निलकण्ठ काफ्ले, विन्दु पाहाडी, डा. मोहनीलाल भुसाल लगायतले मन्तव्य राखेका थिए ।