विमान दुर्घटनाका शव काठमाडौँ लैजाने तयारी, पहिचान गर्न डिएनए परिक्षण गरिने

मुस्ताङको मानापाथी हिमालमा दुर्घटनामा परेर ज्यान गुमाएकाहरुको शवलाई सोझै काठमाडौँ लैजाने तयारी गरिएको छ ।
घटनास्थलबाट हालसम्म १४ जनाको शव फेला परेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापाका हालसम्म संकलन गरिएका शवहरु काठमाडौँ लैजाने तयारी गरिएको छ ।
उक्त दुर्घटनामा अधिकांश शव पहिचान गर्नै नसकिने अवस्थामा रहेका कारण डिएनए परीक्षण गरी पहिचान गर्न पर्ने हुनाले पनि सबै शव काठमाडौं नै लैजाने तयारी गरिएको हो ।
मृतकका आफन्तले पनि पहिचान गर्न कठिनाइ भएमा शवको डिएनए परिक्षण गरिने उनले जानकारी दिए ।
यद्यपी हालसम्म घटनास्थलबाट १४ वटा शव संकलन भएका छन् । अन्यको खोजीकार्य जारी रहेको उनले जानकारी दिए ।