नवलपुरः ठगी गर्दै हिडेका दुईजना रंङ्गेहात पक्राउ




 

नवलपुर । आफुलाई कम्पनिको आधिकारिक प्रतिनिधि बताउँदै ठगि गरिरहेको अवस्थामा गैंडाकोट नगरपालिकाको अमरापुरीबाट दुईजना ठगहरु पक्राउ परेका छन् । गैंडाकोट नगरपालिका वडा नं. १५ अमरापुरी स्थित १६ नंं. चोकमा ठगी धन्दा गर्दै गर्दा रङ्गेहात पक्राउ गरिएको प्रशंसा सप्लायर्स, अमरापुरीका प्रोप्राईटर केदार पौडेलले जानकारी दिए ।




 

पक्राउ पर्नेमा ललितपुर स्थित संखु–५ बस्ने भाजुराम थापा मगर र काठमाडौं शेषनारायण–८ बस्ने नवराज पौडेल रहेको अस्थाई प्रहरी पोष्ट गैंडाकोट–ज्ञघ, बेल्डियाले जनाएको छ । उनीहरुलाई स्थानीय व्यवसायीले पक्राउ गरी अस्थायी प्रहरी पोष्ट बेल्डियालाई जिम्मा लगाएका थिए । हाल अनुसन्धानका लागि ठग गिरोहलाई इलाका प्रहरी कार्यालय गैंडाकोटमा राखिएको जनाइएको छ ।

गैंडाकोट १५, सोह« नम्बर चोक स्थित प्रशंसा सप्लायर्सका प्रोप्राईटर केदार पौडेल लगायतको टोलीले रङ्गेहात पक्राउ गरी प्रहरीको जिम्मा लगाइएको स्थानीय व्यवसायी भिमप्रसाद रेग्मीले बताए ।

उनीहरुले यस क्षेत्रका सिधा सादा व्यवसायीलाई झुक्याएर विभिन्न प्रलोभनमा पार्दै हैरान पारेको होटल संचालकहरुले प्रहरी समक्ष उजुरी गरेका छन् । उनीहरुले होटल व्यवसायीहरुलाई आफुहरु, ‘‘कम्पनिको आधिकारीक व्यक्ति भएको र आफुहरुले व्यवसायीलाई फ्रिज दिन्छु, टेलिभिजन दिन्छु, छाता, गिलास, ओपनर आदि जस्ता सामग्री निःशुल्क दिन्छु’’ भनि बदलामा केहि सामान खरिद गर्नुस्, सो को निम्ति अग्रीम रकम माग्दै ठगि गर्ने गरेको होटल तथा रेष्टुरेन्ट व्यवसायीले बताएका हुन् ।

ठगहरुले करिब १८ जना स्थानीय व्यवसायीलाई ठगि गरेका विभिन्न बिल समेत सार्वजनिक भएका छन् । गैंडाकोट १५ स्थित इन्द्रेणी होटल एण्ड रेष्टुरेन्टका संचालक नारायणप्रसाद गौतमले सोही ठग गिरोहले करिब ६ महिना पहिले ५४०० रुपैयाँ आफुलाई समेत ठगी गरेको जानकारी दिए ।

यसै बीच उनीहरुबाट गैंडाकोट नगरपालिकाबाट धेरै व्यवसायी ठगीमा परेको सार्वजनिक हुदैं गएको छ । विशेषगरी होटल व्यवसायीहरु नै ईलाका प्रहरी कार्यालय गइ ठग भए नभएको बारेमा एकिन गर्दै आएको मदिरा व्यवसायी संघ–नवलपुरका एक प्रतिनिधि कमलनारायण न्यौपानेले बताए ।

 

यस क्षेत्रमा कयौं होटल व्यवसायीहरु पीडित बन्दै गएको भन्दै न्यौपानेले व्यवसायीको हकहितका निम्त सम्बद्ध प्रशासनले आवश्यक कदन चाल्नु पर्ने माग गर्दै पीडितलाई न्याय दिन र दोषीउपर कडा सजायको माग गर्नुभएको छ ।

गैंडाकोट ५ मा रहेको पुन खाजा घर र गैंडाकोट वडा ८ विजयचोक स्थित मोनिका खाजा घरसमेत सोही ठगबाट ठगीएर पिडित भएको खुलासा गरेका छन् ।



सम्बन्धित
Loading...