दुर्घटनाग्रस्त विमानको ककपिट भिडियो रेकर्डर आयोगले लियो जिम्मा, जाँच सुरु


 




गत आइतबार मुस्ताङमा दुर्घटनाग्रस्त तारा एयरको जहाजको ककपिट भिडियो रेकर्डर दुर्घटना जाँच आयोगले आफ्नो जिम्मामा लिएको छ ।

 

आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेका अनुसार आयोगले दुर्घटनाको जाँच समेत सुरु भएको छ । लामिछानेका अनुसार मृतकको शव परीक्षणको काम त्रिवि शिक्षण अस्पतालमा जारी छ ।

 


सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा छानबिन आयोग गठन गरेको थियो ।

 

आयोगले दुर्घटनाको कारण पत्ता लगाएर भविष्यमा यस प्रकारको घटना हुन नदिन सुझावसहितको प्रतिवेदन पेश गर्नेछ ।

 




सम्बन्धित
Loading...