नेपाली रेलमा आगललागी, यात्रु भागाभाग


नेपाली रेलमा आगललागी, यात्रु भागाभाग



जयनगरबाट जनकपुर आउने क्रममा रहेको नेपाल रेल्वेमा आगलागी भएको छ ।

 

बिहीबार जयनगरबाट जनकपुरतर्फ आइरहेको रेलमा आगलागी भएको हो । रेलको एउटा डिब्बामा लुकाइएर ल्याइएको एसिडको भाँडो चुहिएपछि आगो लागेको प्रहरीले जनाएको छ । एक डब्बामा एक्कासि आगो भएपछि यात्रुहरु भागाभाग भएको थियो ।




नेपाल आउने बेलामा एसिड पोखिएर डब्बामा लागेको आगो तत्कालै नियन्त्रणमा लिइएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । प्रतिबन्धित एसिड बोकेका दुईजना महिलालाई भारतीय प्रहरीले जयनगरमै पक्राउ गरि नेपाल प्रहरीलाई जिम्मामा लगाएको छ ।

यता, धनुषा प्रहरीले भने घटनाका बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ । जयनगर स्टेसनमा लागेको आगो नियन्त्रणमा लिई अहिले रेल जनकपुरधाममा आइसकेको नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

 



सम्बन्धित
Loading...