मन मिलुन्जेल लभ नमिलेपछि बलात्कार : गंगा चौधरी


 



 

नेकपा एमाले सांसद गंगा चौधरीले बलात्कारसम्बन्धी मुद्दाको हदम्याद हटाउन सरकारले पेस गरेको विद्येयकको विरोध गरेकी छन्।

 




आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले  मन मिलुन्जेल प्रेम सम्बन्ध र मन नमिलेपछि बलात्कारका मुद्दा लगाउने प्रवृत्ति बढेको बताइन्।

 

 

 सांसद चौधरीले पूर्वसभामुख तथा नेकपा माओवादीका नेता कृष्णबहादुर महरा र अभिनेता पल शाहको उदाहरण दिएकी थिइन् । उनले पुरुषहरू महिलाबाट पीडित देखेको पनि बताएकी छिन् ।

 

सांसद चौधरीले महिला हो भन्दैमा महिलाको मात्र भावना नभई पुरुषको पनि भावना बुझ्न पर्नेमा जोड दिइन। 

 

उनले बलात्कार मुद्दामा हदम्याद नराखिए मुद्दाको चाङ लाग्ने तर पीडितले न्याय नपाउने जिकिर पनि गरेकी छिन् ।



सम्बन्धित
Loading...