कैलालीमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट घाइते महिलाको घोडाघोडी अस्पतालमा उपचार


कैलाली।



कैलालीमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन्। घाइते हुनेमा जिल्लाको घोडाघोडी नगरपलिका ८ लठुवाकी ५४ वर्षीया बिस्ना बोहरा रहेकी छन् ।बाघको आक्रमणबाट उनको मुख, हात र टाउकोमा चोट लागेको छ । आक्रमणबाट घाइते बोहराको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ ।

सोमबार बिहान लठुवा सामुदायिक वनमा घाँस काट्ने क्रममा उनलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।बाघ जङ्गलतर्फ भागेको र बोहराको घोडाघोडी अस्पतालमा उपचार भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।




आक्रमण गर्ने बाघ पनि घाइते भएको र घाइते बाघको उद्धारको लागी बर्दिया राष्ट्रिय निकुञ्जलाई खबर गरी सकेको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ ।

कुँवरको प्यानलबाट बर्तमान उपाध्यक्ष रहेका पुस्कर ओझा बरिष्ठ उपाध्यक्षमा भिड्दै छन् । यस्तै एसोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, उद्योग उपाध्यक्षमा दिनेश लम्साल, बाणिज्य उपाध्यक्षमा गगनराज केसी, वस्तुगत उपाध्यक्षमा लक्ष्मण पन्त, महासचिवमा ओम बिष्ट, कोषाध्यक्षमा भिष्मराज ओझा र सचिवमा सुरेश पाण्डेय उम्मेदवार रहेका छन् ।

सदस्यहरुमा तिलक बहादूर बोहरा, श्यामराज जोशी, प्रकाश कुमार चन्द, बाशुदेव भट्ट, शुरेन्द्र कुमार बोहरा, कपिन पन्त, शम्भु लामिछाने, तुलसी गौतम, लोकराज भट्ट, शन्तोस लामिछाने, रवि कुँवर, कोलिा कुँवर, राधिका चौधरी, कुष्ण कुमारी बिष्ट, विवेक सर्मा, मिलन कुँवर, रुपेस खड्का र सुरेन्द्र बहादूर कठायत उमेदवार रहेका छन् ।



सम्बन्धित
Loading...