वन्यजन्तुपीडितको प्रदर्शनमा गोली प्रहार, एकको मृत्यु समाचार


बर्दिया —



समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिन माग गर्दै सडक अवरोध गरेर प्रदर्शनमा उत्रिएका सर्वसाधारण र प्रहरीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । सडक खुलाउन लाग्दा भएको झडपमा गोली लागेर घाइते मधुवन–२ की १८ वर्षीया नवीना चौधरीको मृत्यु भएको छ । काखीमुनि गोली लागेका राकेश चौधरीको उपचार भइरहेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

एसपी वीरबहादुर शाहीका अनुसार स्थानीयको ढुंगामुढाबाट प्रहरीतर्फ ९ जना घाइते छन् । बर्दियाका वन्यजन्तुपीडितले सोमबार बिहानैदेखि सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका हुन् । साँझ ६ बजे ओराली बजारमा झडप भएको हो ।




समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिन पटक–पटक आग्रह गरे पनि सुनुवाइ नभएपछि स्थानीय बासिन्दा सडकमा उत्रिएका हुन् ।
प्रहरीले सडकमा प्रदर्शन नगर्न आग्रह गरे पनि प्रदर्शनकारी सोमबार बिहानैदेखि सडकमा मोर्चा कसेर बसेका थिए ।

वनका प्रमुख र प्रमुख जिल्ला अधिकारीले प्रतिबद्धता नजनाएसम्म सडक जाम नखोल्ने भन्दै उनीहरूले प्रदर्शन गरिरहेका थिए । भीड नियन्त्रणमा लिन प्रहरीले लाठी प्रहार, १० राउन्ड अश्रुग्यासका साथै गोली चलाएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बताए । प्रदर्शनकारीले ढुंगा हान्न नरोकेपछि प्रहरी गोली चलाउन बाध्य भएको उनले बताए ।

स्थानीयवासी खगेन्द्रबहादुर शाहीले भने शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले एक्कासि निर्मम आक्रमण गरेको दाबी गरे । प्रहरीको लाठी र अश्रुग्यासबाट दर्जनभन्दा बढी प्रदर्शनकारी घाइते भएको उनले बताए । शाहीले समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिन पटक–पटक आग्रह गरेको दुई साता बितिसक्दा पनि वास्ता नगरेकाले बाध्य भई सडकमा उत्रिनुपरेको सुनाए ।

गोली नै चलाउनुपर्ने अवस्था थिएन,’ स्थानीयवासी सुरेश पन्थले भने, ‘प्रहरीको ज्यादती भयो । वन्यजन्तुपीडितमाथि प्रहरीले थप पीडा थपेको छ ।’ स्थिति तनावपूर्ण देखिएपछि अहिले त्यहाँ थप प्रहरी बल तैनाथ गरिएको छ । गाउँगाउँबाट ठूलो संख्यामा मानिसहरू ओराली बजारमा भेला हुन थालेको स्थानीयले बताएका छन् *****

यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 



सम्बन्धित
Loading...