दाङकि बिमला फर्पिङको जंगलमा युबकसंग मृत अबस्थामा फेला ……
घ”टनास्थलमा २ वटा वि”षादीको बट्टा फेला परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए । शव पो”ष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । यस्तै,, सप्तरीमा आज साँझ भएको सवारी दु”र्घटनामा नेकपा एकीकृत समाजवादीका नेता रामनारायण चौधरीको नि”धन भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–५ स्थित खरचुहिया सडक खण्डमा चौधरी सवार स१०प ४६११ नंको स्कुटरलाई ना.६ख ६३९९ नंको ट्रकले ठ”क्कर दिएको थियो ।ठक्कर दिने ट्रकका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
सुरुङ्गा नगरपालिका निवासी ६८ वर्षीय चौधरी गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीबाट सुरुङ्गा नगरपालिकाको नगरप्रमुख पदमा उम्मेदवार बनेका थिए । उनी पार्टीको जिल्ला कमिटी सदस्यसमेत थिए ।यस्तै,प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल सरकारमा रहेका मन्त्री हेरफेर गर्न अनिच्छा देखाएका छन् ।
संसद्मा बजेटमाथिको छलफल जारी रहेको, भर्खरै स्थानीय तह निर्वाचन सम्पन्न भएर गठबन्धनका पक्षमा माहोल बनेको र गठबन्धनबाहिका दलहरू पनि गठबन्धनसँग जोडिन चाहिरहेका बेला मन्त्री फेर्दा त्यसको असर सरकार र सिंगो गठबन्धनमा नै पर्ने निष्कर्ष निकाल्दै प्रधानमन्त्री देउवा तत्कालमन्त्री हेरफेर नगर्ने निर्णयमा पुगेका हुन् ।‘
प्रधानमन्त्री अहिले सरकारमा रहेका मन्त्रीलाई हटाउने सोचमा हुनुहुन्न, यसले सरकार र सिंगो गठबन्धनलाई नै असर पर्ने उहाँको बुझाइ छ, एउटा दलको मन्त्री हेरफेर गर्दा गठबन्धनमा रहेका अन्य दलमा पनि त्यो आवाज उठ्छ भन्ने प्रधानमन्त्रीको विश्लेषण छ,’ प्रधानमन्त्री देउवानिकट एक कांग्रेस नेताले भने । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।दाङकि बिमला फर्पिङको जंगलमा युबकसंग मृत अबस्थामा फेला ……