१० घन्टापछि खुल्यो पृथ्वीराजमार्गको तनहुँ खण्ड, पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध




अविरल वर्षापछि अवरूद्ध भएको पृथ्वी राजमार्गको तनहुँ खण्ड एकतर्फी सञ्चालनमा आएको छ।

गए राति १० बजेदेखि बन्दिपुर गाउँपालिका वडा नम्बर १ रिमाल्नीमा सडक अवरूद्ध भएको थियो।




सडकमा जम्मा भएको हिलोमा बस फसेको थियो। बस निकालेपछि आज बिहान ८ बजेदेखि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

 

पृथ्वी राजमार्गकै याम्पाफाँट लगायतमा सडक विस्तार गर्न हरेक रात पाँच घन्टा सडक बन्द गर्ने गरिएको छ। यी ठाउँ र रिमाल्नीमा सडक अवरूद्ध हुँदा यात्रुहरू गन्तब्यमा जान रोकिएका थिए।

 

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

दुई दिनदेखिको वर्षासँगै खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत घोडाबाँधे–हटिया सडक गएरातिदेखि अवरूद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दुरीका सवारीसाधन बाटोमै अलपत्र परेका छन् । ठाउँठाउँमा खसेका पहिरोले लोकमार्ग क्षति पुगेको छ । गलकोट नगरपालिकाका प्रवक्ता हेमन्त भण्डारीका अनुसार अहिले डोजरले पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने काम भइरहेको छ । रासस



सम्बन्धित
Loading...