बिबिएन प्रयाेगशाला सञ्चालनमा 


राम अवतार चाैधरी
कपिलवस्तु, 



कपिलवस्तुमा सामाजिक उत्तरदायी ईट्टा उद्योगीहरूलाई सम्मान गरिएको छ । गाेरुसिंगेमा बुधबार आयाेजित बिबिएन प्रयाेगशाला समुद्घाटन समारोहमा उद्योगीहरुलाई सम्मान गरिएको आयाेजकले जनाएको छ ।

प्रयाेगशाला समुद्घाटन समारोहमा सरकारले ताेकेकाे मापदण्डअनुसार कार्य गरेका १४ उद्योगीहरुलाई सम्मान पत्र र दाेसल्लाले सम्मान गरिएको घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका क्षेत्रिय संयाेजक दुर्ग प्रसाद अर्यालले जानकारी दिए । कपिलवस्तुमा बिबिएन ल्याब सञ्चालनमा आएपछि ईट्टा उद्याेग सञ्चालनमा गुणस्तरीयता थप्पिने ग्लाेबल फियरनेस इनिफिटाइन (जि.एफ.आई) कार्यकारी अध्यक्ष सुरेश पण्डितले बताए ।




बुद्धभुमि नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले कार्यक्रमलाई सम्बाेधन गर्दै वास्तवमा ईट्टा व्यवसायीहरुले सञ्चालनका क्रममा पिर मर्कालाई नगरले सम्बाेधन गर्ने बताएका छन् । ईट्टा उद्योगमा बालश्रम भइरहेकाेप्रति लगाइएको लान्छना हटाउन जरुरी रहेकाे उनले बताए । अत्यधिक जटिलतालाई चिर्दै राेजिराेटी पाएका श्रमिकलाई राेजगारी व्यवस्थापनका बाबजुद पनि सरकारले लगाएकाे करकाे दायराबारे छलफल चल्नेमा श्रेष्ठले जाेड दिए ।

उद्योगीहरुले समाजमा गरेकाे याेगदान अतुलनीय रहेकाे बताउँदै सरकारकाे मापदण्ड पूरा गरेर सक्रियता ढङ्गले निरन्तर सञ्चालन हुने गरि सफल भएकाे श्रेय सबैकाे हातेमालो रहेकाे जिकिर गरे । लगभग अधिकांश उद्योगहरुमा पठनपाठनदेखि लिएर नीतिगत व्यवस्था भएपनि कुनै उद्योगहरुमा लागू नभएकाे स्वीकार गर्दै बालश्रम मुक्त नगर घाेषण गर्ने गरि तयारी भइरहेको समेत नगरप्रमुख श्रेष्ठले बताए । भठ्ठाहरुमा अभिभावकसँग पुग्ने गरेका बालबालिकालाई उनीहरुकाे हक अधिकार सुनिश्चित राख्नुपर्ने गरेर काम गर्न सफल व्यवसायीलाई धन्यवाद व्यक्त गरे । नगर प्रमुख श्रेष्ठले हरेक तबरले सहयाेग गर्ने प्रतिबद्धता समेत जनाए ।

यसैबीच उपप्रमुख मिरा थारुले उद्योगहरुमा बालश्रम न्यूनीकरण हुँदै गएकाेमा प्रशंसा गर्दै विगतभन्दा अहिले शिक्षादेखि स्वास्थ्यकाे क्षेत्रलाई प्राथमिकतामा राखेकाे बताइन् । सबैकाे हित हुने नीति तयार गरेर व्यवसायीलाई पनि मध्यनजर गर्दै श्रमिकलाई उचित व्यवस्थापन गर्नुपर्नेमा उनले जाेड दिइन् । ल्याब सञ्चालन गरेर उद्योगीहरुले अर्को सफलता हात परेकाे उल्लेख गर्दै व्यवसायीसँग समन्वय र सहकार्य गरि एकअर्काको समस्या पहिचान गरि समाधान गर्ने आफू सदैव तत्पर रहेकाे थारुले जनाइन् ।

ईट्टा उद्योगीहरुले उत्पादन गर्दा एकदमै सस्ताे जस्ताे देखिने तर लगानी बढी लाग्ने र सरकारलाई कर बढी तिर्नुपर्ने बाध्यता तथा समस्या रहेकाेले यसलाई स्थानीय तहले सम्बाेधन गर्नुपर्ने भन्दै रुक बहादुर भुसाल, सम्झना प्रधान, विनाेद पन्त लगायतले कार्यक्रमलाई सम्बाेधन गरेका थिए ।

 



सम्बन्धित
Loading...