पब्जी बन्द गर्न संसद्‌मा उठ्यो आवाज


 

संसद्‌मा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठेको छ । पछिल्ला वर्ष पब्जीले युवा पुस्तामा नकारात्मक असर गरेको चर्चा भइरहँदा नेपालको संसद्‌मा पनि पब्जी बन्द गर्नुपर्ने आवाज उठेको हो । 

 

बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिल कुमारीले पब्जी बन्द गर्नुपर्ने बताएकी हुन् ।

 



छिमेकी देशमा पनि पब्जी बन्द गरिएको भन्दै उनले नेपालमा पनि पब्जी बन्द गर्न माग गरिन् । पब्जीबाट युवा पुस्ता बिग्रिएको भन्दै उनले पब्जी बन्द गर्न माग गरेकी हुन् ।

 

 






सम्बन्धित
Loading...