पृथ्वी राजमार्गको तनहुँ खण्ड सडक भासियो, यातायात अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्यामनजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ।
गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो।
सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।
तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको उनले बताए। करिब २० मिटर सडक भाँसिएको प्रहरीले जनाएको छ।
===
बिहीबारको अविरल वर्षाका कारण सडक भासिएपछि दुईतर्फी सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भासिएको सडक मर्मत गर्न समय लाग्ने भएकोले उक्त रूट भएर सञ्चालन हुने सवारी साधनहरूले वैकल्पिक बाटो प्रयोग गर्न तनहुँ प्रहरीले अनुरोध गरेको छ ।