पब्जी ह`त्याकाण्ड, १० घण्टासम्म जिउँदो थिइन् आमा : छोराले राती २ बजे गो`ली हाने, भोलिपल्ट १२ बजेसम्म त`ड्पिरहिन्

भा`रतमा पब्जीका लागि आमाको ह`त्या गर्ने नाबालिग छोराले राती २ बजे आमालाई गो`ली हानेको स्वीकार गरे, तर उनकाे दिउँसो १२ बजेसम्म जिउँदै रहेको जानकारी दिएको छ ।
भा`रतीय मिडिया दैनिक भा`स्करका अनुसार आमाको मृ`त्युको पर्खाइमा उनी बारम्बार ढोका खोलेर हेर्दा आमालाई त`ड्पिरहेको देख्थे त्यसपछि कोठामा ताला लगाउँथे ।
साधना सिंहको ह`त्या गर्ने आफ्नो १६ वर्षीय छोरालाई फेरि सोधपुछ गरिएको अतिरिक्त प्र`हरी उपायुक्त (एडीसीपी) काशिम आब्दीले बताए । सोधपुछमा उनले प्र`हरीलाई बताए अनुसार ४ जुन शनिबार राती उनी आमासँग नै सुतेका थिए । ब`न्दुक त्यहि कोठामा राखिएको थियो ।
सम्बन्धित समाचार
आमाको सिरानीबाट चाबी निकालेर करिब २ बजे दराजबाट ब`न्दुक निकाले । ब`न्दुकसँगै म्यागजिन र बु`लेट राखिएको थियो । म्या`गजिन लोड गर्नेबेला हात काहिरहेको थियो किनभने यसअघि पहिले उनले कहिल्यै वास्तविक ब`न्दुक चलाएका थिएनन् ।

बहिनी सुतिरहेको ठाउँबाट गो`ली प्र`हार
हात काँपेका कारण तीनवटा गो`ली भुइँमा खसेका थिए । त्यसपछि उनी पे`स्तोल लिएर आमा भएठाउँ गए । १० वर्षीया बहिनी पनि आमासँगै ओछ्यानको दाहिने छेउमा सुतिरहेकी थिइन् । ह`त्यारा छोरालाई गो`ली हानेपछि यसले शरीर छेडेर बाहिर निस्कने हो कि भन्ने अनुमान थियो त्यसैले उनले बहिनी जता सुतिरहेकी थिइन्, त्यहाँ बाटै आमामाथि गो`ली हाने ।
बहिनी उठेपछि मुख समातेर आफूतर्फ घुमाए
ब`न्दुकलाई आमाको कञ्चटको दायाँ तर्फ राखे र आँखा बन्द गरेर ट्रिगर दबाए । गो`लीको आवाज सुन्नेबित्तिकै बहिनी हड्बडाएर उठिन् तर उनले बहिनीको मुख समातेर आफूतर्फ घुमाए । गो`ली लाग्ने बित्तिकै आमाको टाउकोबाट र`गतको धारा बग्न थाल्यो । त्यसपछि बहिनीलाई लिएर अर्को कोठामा गए र त्यहाँको ढोका लक गरिदिए ।
१० घण्टामा ८ पटक आमालाई छट्पटिरहेको देखे, दिउँसो १२ बजे सास रोकियो
ह`त्यारा छोराले प्र`हरीलाई दिएको जानकारी अनुसार गो`ली लागेपछि आमा बेडमा छट्पटिन थालिन् । उनले आमालाई त्यहि हालतमा छोडेर बहिनीलाई लिएर अर्को कोठामा गए । अर्को गो`ली हान्ने इच्छा भएन । त्यसैले आमा कहिले म`र्छिन् भनेर प्रतीक्षा गर्न थाले । हरेक घण्टा कोठामा जान्थे र आमालाई त`ड्पिरहेको देख्थे तर एकपटक पनि उनलाई बचाउने हो कि भन्ने सोच आएन ।
हरेक पल्ट आमालाई हेर्न जाँदा नाक नजिकै औँला राखेर सास चलिरहेको छ कि छैन भनेर हेर्थे । १० घण्टामा ८ पटक सास चले नचलेको हेरे । दिउँसो १२ बजे अन्तिम पटक जाँदा आमाको शरीरमा कुनै हलचल थिएन । सास रोकिइसकेको थियो । त्यसपछि मात्रै अब आमाको मृ`त्यु भइसकेको छ भनेर उनलाई विश्वास भयो ।

नजिकै थियो सबैभन्दा ठूलो अस्पताल थियो, ज्यान बचाउन सकिन्थ्यो
एडीसीपीका अनुसार साधनाको घरबाट पीजीआई अस्पतालको दुरी २ किलोमिटर टाढा थियो । गो`ली टाउकोबाट निस्केको थियो । समयमै उपचार पाएको भए उनको ज्यान बच्ने सम्भावना थियो । आ`रोपित छोराले प्र`हरीलाई यसबारे जानकारी दिँदा एडीसीपीले रोष व्यक्त गर्दै र अफसोस जताउँदै भने, ‘काश कसैले घ`टनाबारे प्र`हरीलाई जानकारी दिएको भए ।’
श`व ३ दिनसम्म घरमा लुकाएर राखे
आमाको ह`त्यापछि ह`त्याराका छोराले श`व ३ दिनसम्म घरमै राखे । प्र`हरीले दिएको जानकारी अनुसार ५ जूनको बिहान बहिनीलाई कोठामा थुनेर आमाको स्कुटी लिएर बाहिर थए । बेलुका एक साथीलाई फोन गरेर बोलाए । बहिनीलाई अर्को कोठामा बन्द गरेर साथीसँग पार्टी गरे । साथीहरुले आमाबारे सोध्दा हजुरआमालाई भेट्न गएको भने ।
६ जुन दिउँसो करिब १२ बजे बहिनीले भोक लागेको बताइन् । त्यसैले छिमेकीको घरमा गएर आमा हजुरआमालाई भेट्न गएको र आफूलाई खाना बनाउन नआएको र बहिनीलाई भोक लागेको बताउँदै खानेकुरा ल्याए । बेलुका ५ बजे अर्का साथीलाई बोलाए ।
त्यसपछि ७ जून मंगलबार बेलुकासम्म घरमा असाध्यै धेरै दुर्गन्ध फैलियो । त्यसपछि उनलाई घ`टना लुकाउन अब मुश्किल भएको जस्तो लाग्यो । त्यसैले ७ बजेतिर पिता नविनलाई फोन गरेर ह`त्याबारे जानकारी दिए ।
पिताले भने– म चाहन्छु कि मेरो छोरा जीवनभर जेलमा रहोस्
यस मामिलामा नवीनकी आमा नीरजा देवीले नातिनी विरुद्ध बुहारीको ह`त्याको उजुरी दिएकी छन् । आ`रोपित छोरालाई बाल सुधार गृहमा पठाइएको छ ।
ह`त्यारा छोराका सैनिक बाबु नविनले रुँदै भने, ‘हरेक मानिसले आफ्नो छोरा–छोरीले हाँसीखुसी जीवन बिताओस् भन्ने चाहना राख्छन्, तर म मेरो छोरो जीवनभर जेलमा रहोस् भन्ने चाहन्छु, छोराले आफ्नो अ`पराधको पूरा सजाय पाओस् । यसका लागि हरसम्भव प्रयास गर्नेछु ।’

बहिनी ह`त्याकाे प्रत्यक्षदर्शी
१० वर्षीया छोरीले सबै कुरा आफ्नै आँखाले देखेको बुवा नवीनले बताए । उनी प्रत्यक्षदर्शीको रुपमा अदालतमा हाजिर हुनेछिन् । छोरीलाई कसैले नभड्काओस् र यो मेन्टल ट्रमाबाट बाहिर निकाल्नका लागि उनले आफैँसँग राखेको पनि बताए ।
परिवार लखनउमा थियो, बुबा पी. बंगालमा पोस्ट गरिएको छ
वाराणसीका निवासी नवीन कुमार सिंह आर्मीमा जुनियर कमिसन्ड अफिसर हुन् । उनको पोस्टिङ पश्चिम बंगालमा छ । लखनउको पीजीआई क्षेत्रको यमुनापुरम कोलोनीमा उनको घर छ । यहाँ उनकी श्रीमती साधना ९४० वर्ष० आफ्ना १६ वर्षीय छोरा र १० वर्षीया छोरीसँग बस्दै आएकी थिइन् ।
छोराले मंगलबार राती बुबा नवीनलाई भिडियो कल गरेर आमाको ह`त्या गरेको बताए । उनले बुवालाई श`व पनि देखाए । यस मामिलामा जुन प्रारम्भिक कुरा बाहिर आएको छ, पब्जी खेल्न नदिएको भन्दै रिसाएको छोराले आमालाई गो`ली हानेर ह`त्या गरेको छ ।