विद्युत तारमा चढेको व्यक्तिको हेलिकप्टरबाट उद्धार, प्राधिकरणलाई ७० लाख घाटा


काठमाडौँ– नुवाकोट ककनीको एउटा विद्युतीय पोलमा चढ्ने व्यक्तिको हेलिकप्टरबाट उद्धार गरिएको छ ।



शनिबार करिब १० बजेदेखि एक जना पुरूष विद्युतको पोलमा चढेपछि स्थानीय र प्रहरी हैरान बनेका छन्।

ककनी गाउँपालिका–७ मा रहेको पोलमा एक पुरूष विद्युतीय पोलमा चढेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उनी विद्युतीय तारमा पनि हिँडिरहेका छन्।




उनी बेलकोटगढी नगरपालिका–१३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक छन्।

उनी ओर्लिन नमानेपछि माथिल्लो त्रिशुली ‘थ्री ए’ को उत्पादन तीन घण्टादेखि बन्द गर्नु परेको छ ।

नुवाकोटको शान्ति बजारमा रहेको माथिल्लो त्रिशुली थ्री ए उत्पादन गृहबाट काठमाडौं लगिएको २२० केभीको प्रसारण लाइनको पोल रहेको ककनी गाउँपालिका–७ बुधेनीमा मानसिक सन्तुलन गुमाएका एक व्यक्ति चढेपछि उत्पादन बन्द गर्नु परेको माथिल्लो त्रिशूली थ्री ए का सहायक प्लान्ट प्रमुख विजयकुमार मिश्रले जानकारी दिए ।

मिश्रका अनुसार बिहान ११ः३० बजेबाट उत्पादन बन्द गरिएको हो । ६० मेगावाटको फूलफेजमा उत्पादन भइरहेको विजुली तीन घण्टादेखि बन्द गरिएको बताउँदै पोलमा चढेका मानिस नउत्रेसम्म आयोजना बन्द गर्नुपर्ने अवस्था आएको थियो । यसरी उत्पादन बन्द हुँदा करिब ७० लाख घाटा भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

 



सम्बन्धित
Loading...