नवलपुरमा गोहीको आक्रमणबाट एक जना घाइते




नवलपुर । पूर्वी नवलपरासीमा गोहीको आक्रमणबाट एक जना घाइते भएका छन् ।

नवलपुर प्रहरीका अनुसार मध्यविन्दु १ सेतापानी निवासी ४६ बर्षीया यमनसिंह महतो गोहीको आक्रमणमा परी घाइते भएका हुन् ।
मध्यविन्दु ६ सेती दोभान खोलामा महतोको दाया खुटटाको घोडामा गोहीले आक्रमण गरेको हो । उनीसँगै गएका अन्य दुई जना साथीले उनलाई बचाएको थियो ।




यो पनि

जिल्ला समन्वय समिति नवलपुरको निर्वाचनका लागि एमाले र काङ्ग्रेसबाट मनोनयन दर्ता गरिएको छ । असार ४ गते हुने निर्वाचनका लागि दुई दलबाट ९ पदका लागि १८ जनाको उम्मेदवारी परेको छ ।

एमालेबाट प्रमुखमा बाबुराम विश्वकर्मा , उप प्रमुखमा शकुन्तला लम्साल , सदस्यहरुमा कुलप्रसाद शर्मा भुसाल , लोकनाथ अर्याल ,लिला पौडेल, सरस्वती पाठक, रेनु गुरौ,सम्झना सार्की र पिन कुमारी चितौरेको उम्मेदवारी परेको छ ।

काङ्ग्रेसबाट प्रमुखमा द्रोणवन सन्यासी उप प्रमुखमा मिरा थनेत , सदस्यहरुमा राधिका परियार,देवमाया दमिनी,दिनेश कुमाल, गोमाया पाण्डे ,ज्ञानप्रसाद खनाल, चित्रबहादुर थापा, सुरेन्द्र कुमालको उम्मेदवारी परेको छ ।
जिसस नवलपुरका लागि ८ पालिकाका प्रमुख ,उप प्रमुख, अध्यक्ष ,उपाध्यक्ष गरि १६ जना मतदाता रहेका छन् । जसमा एमालेको ११ र काङ्ग्रेसको ५ मत रहेको छ ।

 



सम्बन्धित
Loading...