चितवनमा लगातार पहिरोले मुग्लिन–नौविसे सडक खण्ड अवरुद्ध
चितवन–
लगातार पहिरो खसेपछि मुग्लिन–नौविसे सडक खण्ड अवरुद्ध भएको छ ।चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोलामा आज अपरान्ह पौनै ५ बजेको समयमा पहिरो खसेपछि पृथ्वीराजमार्ग अवरुद्ध भएको हो । ठूलो पहिरो खसेकाले सडक संचालनमा ढिलाई हुन सक्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
अहिले सडक डिभिजन कार्यालयसंग समन्वय गरि पहिरो हटाउने कार्य भइरहेको छ ।यस सडक खण्डमा आज मात्रै तीन पटक पहिरो खसेको छ ।
अहिले चितवनका विभिन्न स्थानहरुमा निरन्तर वर्षा भइरहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जङ्गलमा भएका स–साना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुन सक्ने भएकाले गतिविधिमा रोक लगाइएको हो ।
अर्को सूचना जारी नभएसम्मका लागि पर्यटकीय गतिविधि बन्द गरिएको उहाँले बताउनुभयो । निकुञ्जले हरेक वर्ष वर्षातको समयमा यस्ता गतिविधि बन्द गर्ने गर्दछ ।
यो सँगै राप्ती नदीमा गरिने डुङ्गा सफारी बन्द गरिएको उहाँले जानकारी दिनुभयो ।वर्षातको समयमा डुङ्गा सफारी गर्दा जोखिम हुने भएकाले यसलाई बन्द गरिएको हो ।
निकुञ्जभित्र हुने पर्यटकीय गतिविधिबाट यस आर्थिक वर्षको वैशाखसम्म ८ करोड १७ लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।