अर्को नरभक्षी बाघ पनि नियन्त्रणमा आयो – भिडियो सहित

चितवनकाे भरतपुर महानगरपालिका–२७ मेघौलीस्थित राधाकृष्ण सामुदायिक वनमा निउरो टिप्न गएकी २३ वर्षीया रेखा बस्नेतलाई खाने बाघ नियन्त्रणमा आएको छ ।
दस वर्षको बयस्क भाले नरभक्षी बाघलाई साँझ साढे ६ बजे डार्ट गरी नियन्त्रणमा लिइएको सो बाघलाई कसरा लगिने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।
योसँगै निकुन्जको इन्क्लोजरमा चारवटा नरभक्षी बाघ हुने छन् । उनले भने ‘यसअघि बेलशहर मध्यवर्ती सामुदायिक वन, बर्दिया राष्ट्रिय निकुञ्ज, राप्ती नगरपालिका चितवन र यस बाघ निकुञ्जको नियन्त्रणमा रहने छन् ।

बाघ नियन्त्रणको लागि चितवन राष्ट्रिय निकुञ्जको टोली, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु चिकित्सक तथा कर्मचारी हात्ती चढेर गएका थिए । झन्डै तीन घन्टाको प्रयासमा बाघ नियन्त्रणमा आएको हो ।
video
सम्बन्धित समाचार ..
चितवन: मानिस आक्रमण गर्ने बाघ नियन्त्रणमा (भिडियोसहित )
बाघको आक्रमणमा परेकी बस्नेतको शव फेला
नरभक्षी बाघ खोज्दै निकुञ्ज टोली जंगल छिरे
बाघलाई नियन्त्रणमा नलिँदासम्म शव लैजान नदिने भन्दै स्थानीयले गरे विरोध