डोजर चालक फरार भएपछि गगनको परिवार थप पीडामा खबर


मुसिकोट नगरपालिका २ का १४ बर्षीया गगन रायमाझीको मृत्यु भएको एक हप्ता भयो। परिवार काजक्रियामा छन्।



गगनको घरबाट विद्यालयको लागि झोला बोकेर निस्किएको ५ मिनेट नहुँदै डोजरले फालेको ढुङ्गाले लागेर २६ जेठमा मृत्यु भएको थियो। उनले मुसिकोट नगरपालिका-३ को पृथ्वी माविमा कक्षा ९ मा पढ्थे।

घटनाले बाबा आमासहितको परिवारमा कसैका आँखा ओभाएका छैनन। हुर्केको एक्लो छोरा गुमाउँदा परिवारको पीडा स्वभाविक हो। चालक फरार भएपछि बुबा आमामा छोराको पीडा माथि न्याय नपाउने चिन्ता पनि थपिएको छ।




‘प्रहरीले अहिलेसम्म चालक पक्राउ नगर्दा मनमा पीडासंगै शंका उत्पन्न भएको छ। प्रहरीमा लाइसेन्स भएको चालक आउने र कारवाही कम हुने षडयन्त्र हुँदैछ,’ गगनका बुवा हरि बहादुर रायमाझीले भने, ‘कडा कारवाहीको माग बाहेक विकल्प परिवारमा रहेन।’

 



सम्बन्धित
Loading...