पुराना किताबले नै काम चलउदै सुनवलका विद्यार्थीहरु


सुनवल नगरपालिका बडेरामा रहेको धन्यान्चल माध्यामिक विद्यालय ।

 



परासी समाचारदाता,गोपी ज्ञवाली ।

नवलपरासी असार ३ गते । शैक्षिक सत्र शुरु भएको तीन महिना लाग्दा समेत पुस्तकहरुको अभाव भएको अवश्थामा सुनवल नगरपालिकाका विद्यालयहरुमा पुराना पुस्तकहरुबाट शिक्षण कार्यलाई निरन्तर्ता दिईएको छ ।

 




जनक शिक्षा सामाग्री केन्द्रले पुस्तक छापन र पुस्तकहरु पुर्याउन नसकेको अवश्थामा नवलपरासी सुनवलका विद्यालयहरुले विद्यार्थीहरुलाई पुराना पुस्तक वितरण गरेर शैक्षिक कार्यलाई निरन्तर्ता दिएको छ ।

 

कक्षा पास गरेर माथिल्लो कक्षामा गएका विद्यार्थीहरुबाट गत वर्ष दिईएका पुस्तक फिर्ता दिई तीनै पुराना पुस्तकहरु अहिलेका विद्यार्थीहरलाई वितरण गरी पठनपाठनलाई निरन्र्ता दिईएको सुनवल नगरपालिका शिक्षा शाखा प्रमुख विष्नु प्रसाद गोतामेले बताउनु भएको छ ।

 

शिक्षा शाखा प्रमुख गोतामेका अनुसार नयाँ शैक्षिक सत्रमा समयमा पुस्तक आउन नसक्ने अनुमान गर्दै पछिल्लो वर्षको अन्तिम समयमा नै कक्षा पास भएर माथिल्ला कक्षामा जाने विद्यार्थीहरुसंगबाट पुस्तकहरु फिर्ता माँग गरिएको थियो ।

 

शिक्षाको नयाँ सत्र शुरु हुदा समयमा पुस्तकहरु आधारभुत स्तरमा केही पुस्तकहरु आए पनि विद्यार्थीहरुको संख्या अनुसार सबै कक्षाका प्रयाप्त पुस्तक नआएको अवश्थामा सुनवल नगरपालिकाले नयाँ पुस्तक नआउदा सम्मका लागि भन्दै पुराना पुस्तक विद्यार्थीहरुलाई वितरण गरी पठन पाठन शुचारु गरेको छ ।

 

कक्षा १ देखी ३ सम्म करिब सबै पुस्तक आई सकेका छन भने कक्षा ३, ५ र ८ कक्षाका विद्यार्थीहरुलाई पुराना पुस्तकहरु गत वर्ष वितरण गरेका विद्यार्थीहरुबाट फिर्ता लिई नयाँ विद्यार्थीहरु वितरण गरी पठनपाठन शुचारु गरेको जगन्नाथ माध्यामिक विद्यालयका प्रधानाचार्य कर्ण बहादुर राहाडी मगरले बताउनु भयो ।

१३ सय ६ जना विद्यार्थी संख्या रहेको भुमहीको जगन्नाथ माध्यामिक विद्यालयमा अहिले ६२ प्रतिशत विद्यार्थीहरुले पुराना पुस्तकहरुले पठनपाठनलाई निरन्तर्ता दिईएको छ ।मुख्य रुपमा कक्षा ६ देखी १० सम्मका विद्यार्थीहरुलाई पुस्तकको अभाव रहेको बताईएको छ ।

 

पाठ्यक्रम परिवर्तन नभएका कक्षाहरुमा पुराना पुस्तकहरुको पुनः प्रयोग गरि पठनपाठनको कामलाई अगि बढाईएको छ तर जुन कक्षाहरुको पाठयक्रम परिवर्तन भएको छ ती कक्षाहरुमा भने पठनपाठनमा अहिले पनि समस्या रहेको छ ।

पाठ्यक्रम विकास केन्द्रले यस वर्ष कक्षा ४, ७ र ९ को पाठ्यक्रम परिवर्तन गरेको र नयाँ पुस्तकहरु आई नसकेका कारण विद्यार्थीहरुलाई पठाउन कठिनाई परेको बताईएको छ । अभाव रहेका पुस्तकहरुमा पनि मुख्य रुपमा अंग्रेजी र नेपाली विषयका पुस्तकहरुको ब्यापक अभाव रहेको छ । सुनवल नगरपालिकामा १२ वटा माध्यामिक विद्यालयहरु रहेका छन भने यस तहमा ५ हजार भन्दा बडिं विद्यार्थीहरु सामुदायिक विद्यालयमा पठनपाठन गर्दै आएका छन । यनै स्तरका विद्यार्थीहरुलाई पाठय पुस्तकको अभाव रहेको छ ।

सामुदायिक विद्यालयहरुको स्तर माथि उठाएर शिक्षामा ब्यापक सुधारका लागि पछिल्लो तीन वर्ष देखी नगरपालिकाको विशेष अनुदानमा सामुदायिक विद्यालयहरुमा निजी विद्यालय सरह निशुल्क रुपमा प्राईवेट प्रकाशनका पुस्तकहरु समेत पठनपाठनमा प्रयोगक ल्याईएको छ । 

 

पछिल्ला वर्षहरुमा सुनवल नगरपालिकाले शिक्षामा गरेको ब्यापक सुधारका कारण सुनवल नगरपालिकाका विद्यालयहरुमा अन्य छिमेकी पालिकाहरुबाट समेत विद्यार्थीको आउने क्रम बढदै गएको छ ।

 



सम्बन्धित
Loading...