क्रान्तिकारी युवा लिग गण्डकी प्रदेश अध्यक्षमा तिलक अधिकारी




पोखरा । नेकपा (क्रान्तिकारी माओवादी) पार्टी सम्बद्ध युवा संगठन क्रान्तिकारी युवा लिगको प्रदेश नं. ४ को प्रदेश भेला पोखरामा सम्पन्न भएको छ ।

भेलाले तिलक अधिकारीको अध्यक्षतामा १३ सदस्यीय प्रदेश कमिटि निर्वाचित गरेको छ । भेलाले विक्रम थापा, सुशिल रानाभाट, लेख वहादुर थापा, देवी तिवारी, वेद वहादुर गुरुङ्ग, विशाल सापकोटा, ज्ञान वहादुर क्षेत्री “किरण”, दिवस थापा, प्रेम नेपाली , बाबुराम नेपालीलाई सदस्यमा चयन गरेको छ ।




आज पोखरामा सम्पन्न भएको भेलाले बाँकी पदाधिकारीहरुको चयन र दुई जना सदस्यहरु पछि थप्ने समेत निणर्य गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का पोलिट ब्यरो सदस्य एवंम ४ नम्बर प्रदेशका सेक्रेटरी किशोरको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा ४ नम्बर प्रदेश पार्टीका सचिवालय सदस्य भिम श्रीस, क्रान्तिकारी युवा लिग नेपालका केन्द्रिय सदस्य इन्द्र गुरुङ्ग लगायत युवा लिग नेपालका केन्द्रिय / प्रदेश सदस्यहरु र ४ नम्बर प्रदेशका विभिन्न जिल्लाहरुबाट भेलामा युवाहरुको सक्रिय उपस्थिति रहेको थियो ।

 

भेलाले यही असार ३ गते काठमाण्डौमा सम्पन्न हुन गई रहेको क्रान्तिकारी युवा लिग नेपालको राष्ट्रिय भेलामा सहभागी हुन जाने प्रतिनीधिहरुको चयन समेत गर्न सफल भएको छ ।

 



सम्बन्धित
Loading...