कावासोतीकी मृगौला पीडितलाई आर्थिक सहयोग
कावासोती । कावासोती नगरपालिका ९ निवासी प्रिति सुनुवार मिर्गौला पिडित अभियान अन्तर्गत कावासोती ९ को वडा प्रबर्धन प्रतिष्ठानद्वारा पिडित परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको छ।
प्रतिष्ठानका अध्यक्ष टंकप्रसाद लुइटेलको अध्यक्षतामा, कावासोती नगरपालिकाको कार्यपालिका सदस्य रेशमी परियार, प्रतिष्ठानका उपाध्यक्ष पंं. बिष्णुप्रसाद पोखरेल लगायतको सहभागितामा रकम हस्तान्तरण गरिएको प्रतिष्ठानका सचिब बाबुराम केसीले बताए।
प्रिति सुनार बचाउ अभियानमा सहयोग रकम उठाउँदा बर्ष १० कि प्रिति सुनुवारको उपचारको क्रममा मृत्यु भएको थियो। उठेको रकम ८८,८३० रुपैया परिवारको सदस्यलाई हस्तान्तरण गरिएको हो ।

प्रतिष्ठानद्वारा वडा सरसफाइ
कावासोती ९ मा रहेको वडा प्रवर्धन प्रतिष्ठानले वडा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । उक्त प्रतिष्ठानले कावासोति ढमा रहेका टोल बिभाजन गरि सरसफाई कार्यक्रम गरेको थियो।
पूर्व टोलमा प्रतिष्ठानका अध्यक्ष टंक प्रसाद लुइटेलको संयोजकमा बजार टोलमा उपाध्यक्षमा बिष्णु प्रसाद पोखरेल, प्रगति टोलमा सचिव बाबुराम केसी, समावेशी टोलमा कोषाध्यक्ष मनकुमारी शर्मा, रामनगर टोलमा सदस्य झलक शर्माको संयोजकमा भएको सरसफाइ कार्यकमा वडा जनप्रतिनिधि टोल बिकास समिति लगाएत टोलबासीको उपस्थितिमा भएको सरसफाइ कार्यक्रममा प्रगतिटोलमा उक्त टोलमा रहेको सुधार केन्दले समेत सरसफाइ कार्यक्रम सहभागिता जनाएको प्रतिष्ठानका सचिव बाबुराम के सी ले बताए ।

