पहिराेमा एकै परिवारका ३ जनाकाे निधन


पाँचथर, १८ असार । जिल्लाको फालेलुङ गाउँपालिकामा पहिरोमा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ ।



परेको वडा ७ का वडाअध्यक्ष शेरबहादुर केरुङका अनुसार पहिरोमा बेपत्ता भएका ४२ वर्षीय रुपलाल मगर, उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसाको शव फेला परेको हो ।

गएराति गएको पहिरोले फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलालको घर बगाएको थियो ।




घर बगाउँदा रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने उछिट्टिएर बाँच्न सफल भएका छन ।

पहिरोले ढुङ्गा, माटोले बनेको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

 



सम्बन्धित
Loading...