त्रिशूली नदीले आमा छोरालाई नै बगायो, चट्याङ लागेर किशोरीको मृत्यु


 



 

नुवाकोटको विदुर नगरपालिका–३ का सङ्गीता श्रेष्ठ र उनको छोरालाई अपराह्न त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको छ ।




सात वर्षका छोरा युनिक श्रेष्ठलाई नदीले बगाएपछि बचाउने क्रममा उनकी आमा २८ वर्षीया सङ्गीता लाई पनि नदीले बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख रामप्रकाश शाहले जानकारी दिए ।

उनका अनुसार वडा नं ३ मैरिटारमा निवासी उनीहरू घर नजिकै ढोडेनीमा रहेको खेतमा काम गर्न गएका थिए ।

खेतको काम सकेर घर फर्कनुअघि हातगोडा धुन लागेका युनिकलाई त्रिशूली नदीले बगाएपछि बचाउन नदी पसेको आमालाई समेत बगाएको स्थानीयवासीले प्रहरीलाई बताएका छन् ।

नदीमा पानीको बहाव ठूलो र पानीसमेत धमिलो भएकाले खोजतलासमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर किशोरीको मृत्यु

कपिलवस्तुमा आज चट्याङ लागेर एक किशोरीको ज्यान गएको छ ।

शिवराज नगरपालिका–२ बालापुर बस्ने १९ वर्षीय सुशीला थारूको खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले बताए ।

 

बिहान खेतमा धान रोप्न गएकी थारूलाई चट्याङ लागेर घाइते भएकी थिइन् ।

उपचारका लागि चन्द्रौटामा रहेको सञ्जीवनी अस्पतालमा लगिएकामा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।

 

ट्रकको ठक्करबाट बालिकाको निधन, मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

 

https://www.youtube.com/watch?v=P0206Wejx-A



सम्बन्धित
Loading...