ट्रकको ठक्करबाट बालिकाको निधन, मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
शनिबार बाँकेमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएकोे छ ।
जिल्लाको कोहलपुर–११ बसपार्कस्थित सडकमा ट्रकले ठक्कर दिँदा बर्दिया ठाकुरबाबा नगरपालिका २ भुरिगाउँकी तारादेवी बोहराकी १२ वर्षीया छोरी सिमा बोहराको मृत्यु भएको हो ।
प्रदेश १–०२००१ ख ९२२९ नम्बरको ट्रकले ठक्जर दिई गम्भीर घाइते बालिकालाई मेडिकल कलेज कोहलपुरमा लगिएको र उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी ललितपुरमा भएको सवारी दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ ।
ललितपुर महानगरपालिका–१५ थसिखेल चोकमा बागमती प्रदेश ०२–०३४ प ०७५८ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक महालक्ष्मी नगरपालिका–१० लामाटार बस्ने ४४ वर्षीय चन्द्रबहादुर स्याङ्तानको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सातदोबाटो गणेशमान मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।
https://www.youtube.com/watch?v=P0206Wejx-A