नवलपुरमा बहुविबाह गरी फरार फक्राउ




दाउन्ने न्यूज –

 

नवलपुर । पूर्वी नवलपरासीमा बहुविवाह गरी फरार रहेका एक जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ ।




नवलपुरकाे बिनयी त्रिवेणी गाउँपालिका वडा नं. २ बस्ने वर्ष ३९ को रामचन्द्र कुमाललाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि अदालत पेश गरिएको प्रहरीले जनाएको छ ।

 

नवलपुर जिल्ला अदालतले २०७५।०६।१६ गतेको फैसलाले उनलाई बहुविवाह सम्बन्धी मुद्दामा १ बर्ष ५ महिना ३ दिन र १५ हजार जरिवाना फैसला गरेको थियो ।

 

पक्राउ परेका कुमाललाई नवलपुर जिल्ला अदालतमा उपस्थित गराई विहीबार जिल्ला कारगार चितवन पठाइएको प्रहरीले जनाएको छ ।

 

टिप्पर नियन्त्रणमा

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा नवलपुर प्रहरीले एउटा टिप्परलाई नियन्त्रणमा लिएको छ ।

कावासोती ५ खयरघारीमा नदीजन्य पदार्थ मिस्कट लोड गरी रहेको अवस्थामा प्र. २–०३–०० ख २२६३ नम्बरको टिप्परलाई नियन्त्रणमा लिई आवश्यक कारवाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।

 

 

 



सम्बन्धित
Loading...