कावासोतीमा कुटपिटबाट घाइते

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा कुटपिटबाट १ जना बालक गम्भीर घाइते भएका छन् ।
कुटपिटबाट कावासोती ६ विष्णुनगर निवासी १५ बर्षीय साजन सुनार घाइते भएका हुन् । उनको टाउकोमा चोट लागेको नवलपुर प्रहरीले जनाएको छ ।
साजन सुनारलाई पुरानो रिसिबीको कारण कावासोती १ बस्ने बर्ष १७ को साइमन रसाइली र बर्ष १८ को सुजन सुनारले कुटपिट गरी घाइते बनाएको हो ।
घाइतेको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको र कुटपिट गर्ने दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
टिप्पर नियन्त्रणमा

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा नवलपुर प्रहरीले एउटा टिप्परलाई नियन्त्रणमा लिएको छ ।
कावासोती ५ खयरघारीमा नदीजन्य पदार्थ मिस्कट लोड गरी रहेको अवस्थामा प्र. २–०३–०० ख २२६३ नम्बरको टिप्परलाई नियन्त्रणमा लिई आवश्यक कारवाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।