पत्रकार घनश्याम बगालेद्वारा प्रेस युनियनको केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा


 



नवलपरासी । पूर्वी नवलपरासीका पत्रकार घनश्याम बगालेले प्रेस युनियनको आसन्न निर्वाचनमा केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

उनले आज कावासोतीमा पत्रकार भेटघाट तथा चियापान कार्यक्रमको आयोजना गरी उम्मेदवारी घोषणा गरेका हुन् ।




प्रेस युनियन नवलपुरले बगालेलाई नवलपुरबाट एक मात्र उम्मेदवारको रुपमा अगाडि लैजाने निर्णय गरेको छ ।

बगालेले पत्रकारहरुको हकहितका लागि आफ्नो उम्मेदवारी रहेको कार्यक्रममा बताएका थिए ।

 



सम्बन्धित
Loading...