८ दिनदेखि वेपत्ता २१ महिने बालक मृत भेटिए




नवलपरासी । नवलपुरको विनयी त्रिवेणीबाट हराइरहेका २१ महिने बालक मृत अवस्थामा भेटिएका छन्।

असार १५ गतेदेखि हराइरहेका २१ महिने बालक ९ दिनपछि आज मृतअवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दुम्कीबासले जनाएको छ ।




विनयीत्रिवेणी गाँउपालिका वडा नं. ७ शिवपुरगढीबाट हराएका मनी थापाका २१ महिनाका छोरा प्रज्वल थापा घरभन्दा ४ किलोमिटर टाढा गण्डक नहर नजिकैको साईफनमा मृत अवस्थामा भेटिएका हुन् ।

प्रहरीका अनुसार शव सडेको अवस्थामा पानीमा तैरिएर बसेको थियो ।

घर नजिकबाट बगेको कुलोमा परेर बालकलाई बगाएर टाढा पु¥याएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

 

 

सवारी दुर्घटनामा एक जना घाइते

गैडाकोट । पूर्वी नवलपरासीको गैडाकोटमा स्कुटरले पैदलयात्रीलाई ठक्कर दिंदा एक जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गैंडाकोट १ मौलाकालिका फेदी स्थित भित्रि सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जादैं गरेको ना ३१ प ३१३६ नम्बरको स्कुटरले पैदल यात्री गैंडाकोट १ बस्ने बर्ष ७३ को डिल्ली प्रसाद सापकोटालाई ठक्कर दिएको हो ।

 



सम्बन्धित
Loading...