नवलपुरमा साढे १६ क्वीन्टल लसुन र १३ थान अवैध मोबाइल बरामद

दाउन्ने न्यूज –
नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपुरले अवैध रुपमा ल्याइएको साढे १६ क्वीन्टल लसुन बरामद गरेको छ ।
कावासोती नगरपालिका १६ चालिसकिलो जंगलमा चेकजाँचका क्रममा शुक्रबार बिहान पश्चिमबाट पूर्व तर्फ आँदै गरेको लु२ ख २३५१ नं बसबाट साढे १६ क्वीन्टल लसुन बरामद गरेको हो ।
बरामद गरिएको लसुनको मुल्य दुई लाख सच्चालिस हजार पांच सय बराबरको रहेको प्रहरीले जनाएको छ ।
खरिद विल नभएको अवस्थामा बरामद भएको लसुुनलाई आजै आवश्यक कारबाहीको लागि त्रिवेणी भन्सार कार्यालय पठाइएको प्रहरीले जानकारी दिएको छ ।
मोबाइल बरामद
नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने बजारबाट प्रहरीले २ लाख बढीको अवैध मोबाइल बरामद गरेको छ ।
नवलपुर प्रहरीका अनुसार दाउन्ने बजार प्रहरी चौकी दाउन्नेको चेकिङ टोलीले पोसो सी ३१ मोडलको २ लाख ८ हजार बराबरको १३ थान मोबाइल बराद गरेको हो ।
