काठमाडाैंमा घरमै चितुवा पसेर आक्रमण गर्दा पाँच जना घाइते


 



काठमाडौंमा चितुवाको आक्रमणमा एकै परिवारका ५ जना घाइते भएका छन् ।

 

काठमाडौंको नागार्जुन नगरपालिका-८ भीमढुङ्गास्थित हर्साखोलामा चितुवाको आक्रमणमा परी एकै परिवारका ५ जना घाइते भएका हुन् ।




 

हिजो बुधबार राति साढे १ बजे नागार्जुन नगरपालिकाको भीमढुङ्गास्थित ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा चितुवा पसेर आक्रमण गरेको प्रहरीले जनाएको छ ।

 

घरमा आएको चितुवा धपाउने क्रममा आक्रमण गर्दा भट्टराईसहित उनको परिवारका ५ जना घाइते भएका हुन् ।

घाइतेहरु पाँचै जनाको काठमाडौंको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

 

घाइतेहरू सामान्य बोल्न सक्ने अवस्थामा रहेको अस्पतालले जानकारी दिएको छ ।

 

काठमाडौंमा हरेक वर्ष बाक्लो बस्तिमा पसेर चितुवाले मान्छेमाथि आक्रमण गर्ने गरेको छ ।

 

घाइतेको मनमोहन अस्पतालमा उपचार भइरहेको छ।

 

पाँचै जनाको शरीरमा चोट लागेको छ । 

 



सम्बन्धित
Loading...