हराएका आमाछोरा फेला पारी प्रहरीले आफन्तलाई बुझाए

नवलपुर । चितवनको खैरैनीबाट हराइरहेका आमा छोरालाई हराएको केही घण्टा भित्रै प्रहरीले फेला पारी आफन्तलाई बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार चितवनको खैरनी नगरपालिका ८ निवासी ४१ बर्षीया राधिका जिरेल राई र उनका छोरा १३ बर्षीय बालक प्रमिस जिरेललाई फेला पारी आफन्तलाई बुझाएको हो ।
जिरेलका आफन्तले आमा छोरा हराएको भनि चितवन खैरहनी प्रहरीमा दिएको निवेदनको आधारमा नवलपुरको दुम्किबासबाट इलाका प्रहरी कार्यालय दुम्किबासले फेला पारेको डिएसपी पाठकले बताए ।
पाठकका अनुसार बुधबार विहान घरबाट हराएका आमा छोरालाई बुधबार दिउँसो दुम्किबासमा फेला पारेका थिए ।
उनीहरुलाई राधिकार जिरेलका श्रीमान विरबहादुर जिरेलको जिम्मा लगाइएको हो ।

प्रहरीका लागि स्वास्थ्य शिविर
नवलपुर । पूर्वी नवलपरासीमो प्रहरी कर्मचारी लक्षित स्वास्थ्य शिविर र अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विहीबार प्रहरी चौकी तम्सरिया र प्राथमिक स्वास्थय केन्द्र चोरमारसंगको सहकार्यमा निःशुल्क स्वास्थ्य परिक्षण तथा अन्तक्रिया कार्यक्रम भएको हो ।
उक्त कार्यक्रमबाट प्रहरी चौकी तम्सरिया नवलपरासी पूर्वमा कार्यरत प्रहरी कर्मचारीहरु लाभान्वित भएका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।