नवलपुरः विभिन्न दुर्घटनामा ५ जना घाइते

नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु १ ध्वजमान चोकमा दुई वटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा २ जना घाइते भएका छन् ।
ध्वजमान चोक भित्री सडकखण्डमा लु ४३ प ३६९७ नं.को मोटरसाइकल र प्र. २ – ००५ प ३८०९ नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर खांदा दुई जना घाइते भएको प्रहरी चौकी कोल्हुवाले जनाएको छ ।
दुर्घटटनामा परी दुवै मोटरसाइकलका चालक घाइते भएका हुन् । दुर्घटनामा परी कावासोती –१७ बभनौली बस्ने बर्ष ३० को आयुष थनेत र बौदीकाली–१ डेढगाँउ बस्ने बर्ष २३ को टंक बहादुर दर्लामी घाइते भएका हुन् ।
त्यसैगरी नवलपुरको हुप्सेकोट २ कोलियामा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।
नवलपुर प्रहरीका अनुसार हुप्सेकोट –२ कोलिया स्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिण तर्फ जादैँ गरेको ग.प्र. ०४ – ००१ प ०३७९ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना दुई जना घाइते भएका हुन् ।
दुर्घटनामा परी मोटरसाइकल चालक मध्यविन्दु –४ मदनपुर बस्ने बर्ष २० को शिव श्रेष्ठ र मोटरसाइकल पछाडि सवारी मध्यविन्दु ४ पनौती बस्ने बर्ष १८ को सागर महत्तो घाइते भएका हुन् ।
घाइते श्रेष्ठको नयाँ मेडिकल कलेज, चितवन र महतोका पुरानो मेडिकल कलेज, चितवनमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाइते श्रेष्ठको अवस्था गम्भीर रहेको छ ।
त्यसैगरी मध्यविन्दु ११ दमारमा ट्याक्रसँग मोटरसाइकल ठक्कर खाँदा एक जना घाइते भएका छन् ।
मध्यबिन्दु न.पा.–११ दमार चोकस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिण तर्फ आउदैँ गरेको लु ३ त ६९२८ नं.को ट्याक्टरको पछाडीबाट आउदैँ गरेको ना ५२ प ४७४७ नं.को मोटरसाइकल ठक्कर खाइ एक जना घाइते भएको हो ।
दुर्घटनामा परी मोटरसाइकल चालक ४८ बर्षीय ओमबहादुर गुरुङ घाईते भएका हुन् ।