पहिराले घर पुरिँदा तीनको मृत्यु, एक घाइते

डोटी । अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा गए राति पहिरो खस्दा तीन जनाको मृत्यु भएको छ ।
अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीका अनुसार घरभित्र सुतिरहेका तीन जनाको पहिरोबाट मृत्यु भएको हो ।
मृत्यु हुनेमा दुई जना पुरुष र एक महिला छन् । उहाँहरुको परिचय खुल्न बाँकी छ ।
यसैगरी घाइतेको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र भुलुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्गम क्षेत्र भएकाले त्यहाँ सम्पर्क हुन कठिन भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा गएराति नै प्रहरीको टोली खटिए पनि अझै पुग्न नसकेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
सोमबार बिहानै भूकम्पको धक्का, हेलम्बु केन्द्रबिन्दु
सोमबार बिहानै भुकम्पको धक्का महसुस भएको छ।
सिन्धुपाल्चोकको हेलम्बुलाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार सोमबार बिहान ६ बजेर ७ मिनेटमा गएको भूकम्पको धक्का छिमेकी जिल्ला काभ्रे, दोलखा, रामेछापसहित काठमाडौं उपत्यकामासमेत महसुस गरिएको थियो।
https://www.youtube.com/watch?v=O9DyKEEbomQ